आजको राशिफल : आषाढ १३ गते आइतबार

आज २०७८ साल आषाढ महिनाको १३ गते आइतबार, आषाढ कृष्णपक्षको तृतीया तिथि
मेष
मनमा अत्यन्त उदासिनता बढ्ने हुँदा खुशी तथा दुःख दुबैमा आँखाबाट आँशु आउने हुन जाने छ । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ ।
वृष
पेशागत जीवन अनुकुल रहँदा समेत आफुलाई भाग्यले साथ नदिएको जस्तो आभाष भइ रहने छ । चतुरतामा बृद्धि हुने भएता पनि रिस कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन पुग्ने छन् । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
दृढ व्यक्तित्व हुने छ । तर पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । मनमा उदासिताले निकै सताउने छ । आयात निर्यात तथा पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।
कर्कट
मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, सर्जरी, खेल जगत जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहने छ ।
सिंह
मनमा दुविधा अत्याधिक आउन जाँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ ।
कन्या
आम्दानीमा गिरावट आउँदा त्यसले मनमा र आन्तरिक चतु¥याईँमा नकारात्मक असर पार्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । भाग्यको साथ रहेकाले कतिपय विषय वस्तु बिग्रिन खोजे जस्तो हुँदा हुँदै पनि सकारात्मक नतिजा दिने तर्फ ढल्कन जाने छन् ।
तुला
पेशागत जीवन अस्थिर बन्न पुग्ने छ । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने बढि जोखिमपूर्ण समय सक्रिय रहेकाले सतर्क भइ पाइला चाल्नु होला । भाग्यहिनताको आभाष हुन जाने छ ।
वृश्चिक
भाग्यको साथ रहेको छैन् । त्यसैले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु होला । ट्राभल्स एजेन्सी, पर्यटन, राजनीति, किराना पसल, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।
धनु
मनोबल कमजोर हुने छ । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला । रक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । अध्ययन अध्यापनमा मन जाने छैन् । पारीवारिक जीवनमा सकारात्मकता थपिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय रहेको छ ।
मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस कडा उत्पन्न हुने भएकाले रिस नियन्त्रणमा विशेष ध्यान दिनु होला । दाम्पत्य जीवनको विषयमा मनमा चिन्ता बढ्न पुग्ने छ । पेशागत तथा व्यावसायिक जीवनका यात्रा उतार चढावपूर्ण देखिन्छ । साझेदारीमा गरिएका काममा गम्भीर समस्या देखा पर्ने भएकाले बेलैमा सचेत भएर अघि बढ्नु होला ।
कुम्भ
समय प्रतिकुल रहेकाले धैर्यता नगुमाई पाईला चाल्नु होला । मनमा उदासिनता बढ्न जाने छ । पेशागत जीवनमा अस्थिरता आउने छ । प्रतिष्पर्धीले धेरै पेल्ने छन् । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । पेशागत र व्यावसायिक जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ ।
मीन
आम्दानीका विषयमा मनमा असन्तोष बढ्ने देखिन्छ । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क –९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया