शुक्रबार, वैशाख ७, २०८१

तत्काल कोरोनाविरूद्ध खोपको माग गर्दै राष्ट्रिय जागरण मञ्चद्वारा चेनावनी

मेरोन्यूज २०७८ असार १२ गते १६:३५

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च नेपालले सरकारसँग तत्काल निः शुल्क र अनिर्वाय कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको व्यवस्था गर्न माग गरेको छ । आज प्रेस विज्ञप्ति निकाल्दै मञ्चले जनतालाई निः शुल्क र अनिर्वाय भ्याक्सिनको व्यवस्था नभए जनतासहित मञ्च सडकमा उत्रिन बाध्य हुने बताएको छ ।

मञ्चका संयोजक गुणराज लोहनीले निकालेको विज्ञप्तिमा भनिएको छ, ”नेपाली जनता कोभिड-१९ ले विगत दुई वर्षदेखि आक्रान्त भएका छन् । एकातिर जनताले उपचार पाएका छैनन् । उपचार पाएकाको धन बचेको छैन । काम गरी खाने जनताको रोजगारी गुमेकाले भोकभोकै रहनु पर्ने अवस्था छ । पछिल्लो समयमा नेपालमा कोभिड-१९ ‘डेल्टा प्लस’ वा ‘के ४१७ एन’को लहर आउने विशेषज्ञहरुले गरिरहेका छन् । गत वर्ष संक्रमणले आक्रान्त विकसित भनिएका देशहरु भेरोसिल, सोनोभ्याक्स जस्ता भ्याक्सिन दिएका पूर्ण मुक्त भएका छन् ।”

मञ्चले उपचार र रोजगारीको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेको छ । मञ्चले भनेको छ अहिलेको अवस्थामा नि: शुल्क र अनिर्वाय भ्याक्सिनको व्यवस्था गर्नु हाे ।

लोहनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”नेपालका लागि उपयुक्त र सहज हुने सिनोभ्याक्स र भेरोसिल हुन् । जसको मुल्य पनि सस्तो पर्छ । भेरोसिलको मुल्य २२५ पर्दछ । कोभिडको तेस्रो लहर आयो भने सबै उमेरकालाई प्रभाव पार्ने भएकाले लगभग तीन करोड जनसंख्यालाई उक्त भ्याक्सिन दिनु पर्ने हुन्छ । यसो गर्दा अहिलेको आर्थिक वर्षको १ प्रतिशत बजेटले सबैलाई नि: शुल्क भ्याक्सिन दिन सकिन्छ ।” मञ्चले सरकारको जनताप्रति दायित्वबोध भए तुरुन्त भयाक्सिनको व्यवस्था गरियोस्- भनेको छ ।

प्रतिक्रिया