शनिबार, वैशाख ८, २०८१

एमालेमा लागेका पूर्व माओवादी नेताबीच छलफल

मेरोन्यूज २०७८ असार १२ गते १४:४२

काठमाडौं । माओवादी खेमाका एमाले नेताको छलफल भएको छ । नेकपा विभाजन भएर पहिलोको अवस्थामा पुगेपछि माओवादी छोडेर एमालेमा लागेका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।

उनीहरुबीच एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा अनौपचारिक छलफल भएको हो । आज भएको छलफलमा एमालेमा लागेका माओवादीका नेता रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह रहेका थिए ।

छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको बताइएको छ । एकजना स्थायी कमिटी सदस्यले आफ्नो आन्तरिक छलफल भएको बताए । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि छलफल भएको जनाइएको छ ।

एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्न गृहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया