बुधबार, वैशाख १२, २०८१

एक्स्जाभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या, पुरिएको अवस्थामा फेला

मेरोन्यूज २०७८ असार १२ गते १२:०५

काठमाडौँ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । एक्स्जाभेटर (जेसिबी) चालकसँग विवाद भएपछि चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीको स्तरोन्नति काम भइरहेको थियो । राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । खाजा खाएर फर्किने क्रकिँदा करिब १० बजे वडाध्यक्ष श्रेष्ठ र चालक तामाङ विवाद हुँदा बकेटले हानेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

बकेटले हानेर लडाएपछि माटोले पुरेको एसपी राठौरले बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीले जिल्ला अस्पताल मलंगवा पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर ३ का ३५ वर्षीय दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १ हजरियाका ३८ वर्षीय तामाङलाई प्रहरील्े नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया