शुक्रबार, वैशाख १४, २०८१

विश्व-विविध

के चीनमा एकल पार्टीको सर्वेसर्वा चलिरहला ?

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जुलाई १ मा आफ्नो स्थापनाको एक सय वर्ष मनाउँदै गर्दा अमरत्व प्राप्त गर्ने धुनमा छ ।

- मिनक्सिन पेइ २०७८ असार १३ गते ७:३७

समान्यतया सय वर्ष पुग्दै गरेका मानिसले मृत्युका विषयमा सोच्छन् । तर, राजनीतिक पार्टी आफ्नो स्थापनाको शतवार्षिकी मनाउँदै छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले जुलाई १ मा आफ्नो स्थापनाको एक सय वर्ष मनाउँदै गर्दा अमरत्व प्राप्त गर्ने धुनमा छ ।

निरंकुशता सहित शासन गरेको पार्टीले अमरत्व प्राप्त गर्ने विषयमा प्रकट गरेको आशावादी खासै जम्दैन । किनकी दीर्घकालिनताका विषयमा उनीहरु आफैमा आत्मविश्वास छैन । आधुनिक समयमा कुनै पनि राजनीतिक पार्टी सय वर्षसम्म टिकेको इतिहास नहुँदै गर्दा चिनियाँ नेतृत्वलाई यो चिन्ताको विषय हुनु पर्ने हो उत्सवको होइन ।

कम्युनिस्ट अथवा निरंकुशताबादी पार्टीको पार्टी जीवन अपेक्षाकृत कम हुनुमा एउटा स्पष्ट कारण छ । प्रजातान्त्रिक पार्टीको तुलनामा यसको उदय २० औँ शताब्दीबाट मात्रै शुरु भएको थियो । सोभियत युनियनमा यस्तो निरंकुशतावादी शासन सन् १९२२ बाट शुरु भयो । चीनको कोमिन्ताङ सरकार, अर्ध–लेनिनिस्ट पाटी, देशमा आफ्नो नियन्त्रण सन् १९२७ बाट कायम गरेको थियो ।

जर्मनमा पनि नाजी सरकार १९३३ भन्दा अघिसम्म सत्तामा आउन सकेको थिएन । विश्वका प्रायः सबै कम्युनिस्ट शासन दोस्रो विश्वयुद्ध पछि स्थापना भएका हुन् । यस्तो हुनुमा ऐतिहासिक संयोग भन्दा बढी मौलिक कारण छ । जुन राजनीतिक माहोलमा तानाशाही दल काम गर्थे त्यसको अस्तित्व होब्सियन भन्दा अधिक थियो । त्यो प्रजातान्त्रिक व्यवस्थाको तुलनामा ‘नराम्रो, क्रुर र छोटो अवधि’को थियो ।

मिनक्सिन पेइ

निरंकुश शासन पतनको एउटा स्पष्ट कारण भनेको युद्धमा पराजित हुनु हो । युद्धमै पराजित हुँदा इटालीको नाजी र मुसोलिनीको फासिस्ट शासन समाप्त भएको थियो । यीनिहरुको सत्ताबाट बर्हिगमन प्रायः नाटकीय र दुखान्त हुन्छ । गैर-कम्युनिस्ट शासनमा, लामो समय शासन गरेको र भविष्य द्रष्टा पार्टी जस्तै ताइवानको कोमिन्ताङ र मेक्सिकोको इन्स्टिच्युस्नल रिभोलुस्नरी पार्टी (पीआरआई) ले आफू विरुद्धको भित्ता लेखनलाई नजर अन्दाज गरेनन् । प्रतिफल स्वरुप आफ्नो भागडोर समाप्त हुनुअघि आफूलाई परिर्माजित गरे ।

कालन्तरमा यी पार्टीलाई शासनबाट हटाईए पनि उनीहरुको राजनीतिक भविष्य समाप्त भएन । केही समयको प्रयासपछि उनीहरु निर्वाचनमार्फत नै पुनः सत्तामा आउन सफल भए (ताइवानमा सन् २००८ मा र मेक्सिकोमा २०१२ मा) । जुनकुनै कम्युनिस्ट शासन जसले थोरै प्रजातान्त्रिक सुधारका माध्यमबाट जनतालाई खुशी पार्ने प्रयत्न गर्छन् उनीहरुको राजनीतिक भविष्य समाप्त भएको देखिन्छ । सोभियत युनियनमा सन् १९८० को दशकमा उदारवादी नीति अख्तियार गर्ने अवधारणा विकास भएसँगै भएको आन्दोलनले कम्युनिस्ट शासनको पत्ता साफ गरिदियो । कम्युनिस्ट शासनको मात्रै होइन त्यसले सोभियत युनियन स्वयंमलाई रद्दीको टोकरीमा पुर्यायो ।

सीसीपी आफ्नो शतवार्षिकी समारोह मनाउँदै गर्दा इतिहासका घटनामा विचरण गर्ने प्रयास गर्नेछैन । चिनियाँ राष्ट्रपति सि जिनफिङ र उनका सहकर्मीहरु आत्मविश्वासी र आशावादी चीनको छवि देखाउने प्रयास गर्नेछन् । राजनीतिक देखावटीपन अस्तित्व रक्षाको विकल्प हुन सक्दैन । अर्को कुरा सीपीसी सुधारलाई खतरनाक मान्न चहादैन, त्यसैले सीसीपीसँग उपलब्ध विकल्प निकै सीमित छ ।

सि चीनको शक्तिमा सन् २०१२ मा आउनु पूर्व केही चिनियाँ नेतृत्वले सिंगापुर मोडलका विषयमा ध्यान दिएका थिए । द पिपुल्स एक्सन पार्टी (पीएपी) ले शहर–राज्यलाई विना कुनै अवरोध सन् १९५९ मा शासन गर्दै आएको छ । एक प्रकारले एकात्मक शासन सञ्चालन गर्दै आएको यो पार्टीसँग सबै कुरा छ जस्तो देखिन्छ । उक्त शासनप्रणालीमा सक्षम शासन, राम्रो आर्थिक कार्यक्रम र जनताको समर्थन रहेको देखिन्छ ।

तर, जब सीपीसीले सिंगापुर मोडलका विषयमा अध्ययन गर्न आफ्ना हजारौँ सरकारी कर्मचारीलाई सिंगापुर पठायो, उसले पीएपीले अपनाएको मोडल नपछ्याउने निधो गर्यो । चिनियाँ कम्युनिस्ट पार्टीले निश्चय पनि पीएपी सत्तामा रहोस् भन्ने चहान्थ्यो तर आफ्नो हकमा उनीहरु पीएपीले अपनाएको शासनप्रक्रियालाई अपनाउन चाहादैन थिए ।

कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण तत्व पीएपीले सिंगापुरको शासन व्यवस्थामा मिलाएको थियो । यसले गर्दा सिंगापुरमा पीएपीको दवदवा थियो । सीपीसीलाई सिंगापुरको वैध विपक्षि राजनीतिक दल, सापेक्षित रुपमा स्वच्छ निर्वाचन र कानूनी व्यवस्था खासै मन परेन ।

सिंगापुरको पीएपीको सफलता पछाडी यी संस्थाको महत्वपूर्ण हात रहेको चिनियाँ अधिकारीहरुले बुझे । यदी त्यो व्यवस्थामा चीन जाने हो भने त्यसले सीपीसीको एकात्मकतामा बाधा पुग्ने उनीहरुले बुझे । त्यसैले पनि सि जिनफिङको शासनकालमा सिंगापुर मोडलले चीनमा खासै प्राथमिकता प्राप्त गरेन । अर्कोतर्फ उत्तर कोरियाली मोडल जहाँ शासनमा सर्वोच्च नेताको दबदवा हुन्छ । चीन उक्त दिशातर्फ आकर्षित भएको देखिन्छ ।

हो, चीनअझै पनि एक भिमकाय उत्तर कोरियामा परिणत भएको छैन । तर, पछिल्ला आठवर्षका धेरै कार्यले चीन त्यही दिशातर्फ गएको देखिन्छ । राजनीतिक रुपमा डरको वातारण व्याप्त हुन थालेको छ । यो समान्य मानिसको हकमा मात्रै होइन तर सीपीसीकै उच्च नेतृत्वमा समेत यो देखिन्छ । राष्ट्रपति सि जिनफिङले सञ्चालन गरेको भष्ट्रचारविरुद्धको अभियानका कारण सीपीसीकै नेताहरुमा डरको वातावरण पैदा गरेको छ ।

माओ शासनकाल पछि हाल चीनमा सेन्सरसीप उच्चविन्दुमा पुगेको छ । राष्ट्रपति सि जिनफिङको शासनकालमा एनजिओ लगायतका नागरिक समाजलाई कुनै स्थान दिइएको छैन । एकात्मक शासन व्यवस्थाले चीनको निजी व्यवसायीहरुलाई स्वच्छन्द हिसाबमा काम गर्ने वातावरण प्रदान गरेको छैन ।

राष्ट्रपति सि जिनफिङले आफ्नो व्यक्तित्वलाई यसरी विकास गरेका छन् कि हालका दिनमा द पिपुल्स डेली पत्रिकाले आफ्नो प्रथम पृष्ठमा राष्ट्रपति सि जिनफिङका गतिविधि र व्यक्तिगत रुचिका विषयलाई प्राथमिकता दिएको देखिन्छ । पार्टी स्थापनाको शतवार्षिकी मनाउँदै गर्दा सीपीसीले हालै पार्टीको संक्षिप्त इतिहास सार्वजनिक गरेको छ । उक्त समाग्रीको आधाभन्दा बढी भाग राष्ट्रपति सि जिनफिङको आठवर्षे शासनकालले ओगटेको छ । भने, सीपीसीलाई सही अर्थमा जोगाउने नेता तेंग सियाओपिङको योगदानलाई आधा स्थान दिइएको छ ।

आर्थिक हिसाबमा चीन अझै पनि पूर्ण रुपमा आत्मनिर्भर भई सकेको छैन । तर, सीपीसीको नयाँ पाँच वर्षिय योजनाले प्राविधि रुपमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको छ भने आर्थिक सुरक्षामा केन्द्रित आन्तरिक विकासमा जोड दिने बताएको छ । पार्टीसँग तर्कसंगत बहाना भएपनि अमेरिकाको आर्थिक र प्राविधि रणनीतिका हिसाबमा आएको डिकप्लिङले उसका सामु कुनै विकल्प छोडेको छैन । केही पश्चिमा देश जो भाविष्यामा आफ्नो आर्थिक मोडल उत्तर कोरियाको जस्तो बनाउन चाहान्छन् उनीहरु मात्रै चीनसँग आर्थिक रुपमा पूर्ण तरह निर्भर छन् ।
जब चिनियाँ नेतृत्वले पार्टी स्थापनाको शतवार्षिकी मनाउँछन्, उनीहरुले पार्टी सही दिशामा छ कि छैन आफैसँग प्रश्न गर्नुपर्नेछ । यदी सही दिशामा छैन भने सीपीसीले प्राप्त गरेको यो कोसेढुङ्गा अन्तिम हुनसक्छ ।

(मिनक्सिन पेइ क्लेरमोंट मैककेना कलेजका प्रध्यापक हुन् । ११ जुन २०२१ मा द प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको यो लेख अनुवाद गरि प्रकाशित गरिएको हो । सम्पादक )

प्रतिक्रिया