शनिबार, वैशाख ८, २०८१

चितुवाको छालासहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ असार ११ गते १७:५८

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भुबाट बन्यजन्तु चितुवाको अवैध छालासहित २ जना पक्राउ परेका छन् ।

शुक्रबार महानगरिय अपराध महाशाखाले सिन्धुली जिल्लाको मरिन गाउँपालिका–३ सिरटोल घर भई हाल काठमाडौंको स्वयम्भुबस्दै आएका ३२ वर्षीय सुशिल कुमार वाईबा र सिन्धुलीजिल्लाको घ्याङलेख गाउँपालिका–१ अमले घर भई हाल काठमाडौंको स्वयम्भु बस्दै आएका कान्छाराम वाईबालाई पक्राउ गरेको हो ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी छ लाखमा बिक्रीबितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेको उनिहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरी थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया