शुक्रबार, वैशाख ७, २०८१

थप २,४७६ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ असार ११ गते १७:३३

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ सय ५१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यही अवधिमा थप ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८ हजार ९ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९४ रहेको छ ।

प्रतिक्रिया