शनिबार, वैशाख १५, २०८१

मोटरसाइकलबाट खसेर युवाको मृत्यु

मेरोन्यूज २०७८ असार ११ गते १५:२३

काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका ७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोदी गाउँपालिका ५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग २० प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोकिँदा पछाडिको सिटबाट खसेका उनी गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया