शुक्रबार, वैशाख १४, २०८१

प्राधिकरणका ३२ जिल्लामा कार्यरत कर्मचारीले दिए राजीनामा (फोटोहरू)

जुली गिरी २०७८ असार ११ गते १४:४०

काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत कर्मचारीहरूले सामूहिक राजीनामा दिएका छन् । आफ्ना मागहरू पूरा गर्न भन्दै काठमाडौँमा माइतीघर मण्डलामा प्रदर्शन गरी राजीनामा दिएका हुन् ।

प्रदर्शनका क्रममा ५० जनाभन्दा बढीलाई प्रहरी पक्राउ गरेको छ । प्रदर्शन गरी करिब ३२ जिल्लाका कर्मचारीहरूले सरकारले आफूहरूको व्यवस्थापनमा चासो नदिएको भन्दै राजीनामा दिएका हुन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया