शनिबार, वैशाख ८, २०८१

आइतबारदेखि सरकारी कार्यालय खुल्दै

मेरोन्यूज २०७८ असार ११ गते १३:५२

काठमाडौँ । मकवानपुर जिल्लामा आगामी कोरोना भाइरस संक्रमण कम भएसँगै आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

एक हजार बढी संख्यामा कोभिड–१९ का सक्रिय संक्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले समेत बारअनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उनले बताए ।

प्रदेश स्तरीय कार्यालयलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

प्रतिक्रिया