ज्ञानेन्द्र गिरी लाई छानबिन गरी कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी
मेरोन्यूज
२०७८ असार ११ गते १३:१४

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कारबाही गर्न मेडिकल काउन्सिलमा उजुरी परेको छ।
शशि विक्रम कार्की र आशिष राइले उनीविरुद्ध उजुरी दिएका हुन्। काउन्सिलबाट २४८७ नम्बरमा दर्ता भएका डा.गिरीले कुनै विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले हात प्रतिष्ठानको उपकुलपति भएको भन्ने सञ्चारमाध्यमबाट आइरहेको छ, विज्ञप्तिमा भनिएको छ।
उनका सबै कागजात अध्ययन गरी दोषी पाइए काउन्सिलको ऐन २०२० को दफा २७ उपदफा १ अनुसार आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडि लेखेकोु कसुर अन्तर्गत तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना दुवै सजाय दिने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

सम्बन्धित








विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया