प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो भनेर सोधेका छन् । उनले शेरबहादुर देउवातर्फका कानुन व्यवसायीलाई यस्तो प्रश्न गरेका हुन् ।
शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यले प्रतिनिधिसभा पुनस्र्थापना गर्नु पर्ने माग राख्दै रिट दायर गरेका थिए । सोही रिटमाथि बहस गर्न लयर्स पोडियममा उभिएका अधिवक्ता डा. दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत लिन्नँ भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद हो ? प्रोपर ठाउँ चाहिँ कहाँ हो ?’
जवाफमा अधिवक्ता डा. पोखरेलले केपी शर्मा ओलीले धारा ७६ (३)बाट उपधारा ५ जाने बाटो छाडिसकेको बताउँदै भने, ‘धारा ७६ (५)को कन्टेक्सटमा चाहिँ शेरबहादुरजीले बहुमत सदस्य लिएर जानुभयो, अब राष्ट्रपतिको भूमिका अवस्था हेर्ने होइन ।’
‘ओली जि विश्वासको मत लिन संसदमै जानु पर्थ्यो,’ पोखरेलले भने, ‘तर, उनले कपटपूर्ण भाषा प्रयोग गरी फेरि दाबी गर्न मिल्दैन ।’
प्रतिक्रिया