बिहीबार, वैशाख १३, २०८१

बलात्कार गरी भिडियो बनाउने भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७८ असार ११ गते १२:४९


पोखरा । १६ बर्षे बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिबन बस्ने २७ वर्षीय ईन्द्रजित कुमार शर्मा लाई पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माले बालिकालाई डर, धाकधम्की दिई जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाएका थिए । उक्त भिडियो र फोटोहरु बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाएर समाजिक सञ्जालमा सर्वजनिक गरेको भन्ने जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

शर्माविरुद्ध जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको पनि कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया