देउवाविरुद्ध गठबन्धन बनाउन जुटे विमलेन्द्र, शशांक र प्रकाशमान
मेरोन्यूज
२०७८ असार ११ गते १२:१९

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल सुरू भएकाे छ ।
केही बेरअघि आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा शशांक कोइराला निवास महाराजगंञ्जमा छलफलमा जुटेको हो । यसअघि सोमवार उनीहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।
देउवालाई टक्कर दिँदै तीन भाइ !
निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया