शुक्रबार, वैशाख ७, २०८१

ल्यापटप चोरी गर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

मेरोन्यूज २०७८ असार ११ गते १२:१२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा नेपाल एयरलाइन्सको लोडर पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए । प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते ७ वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका अधिकारीको साथबाट प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया