शुक्रबार, वैशाख ७, २०८१

संवैधानिक इजलासमा आजको बहस सुरु

मेरोन्यूज २०७८ असार ११ गते १२:०६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार सुनुवाई सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस सुरु गरेका हुन् । उनलाई २० मिनेटको समय दिइएको छ ।

इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारण गरेको समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । आज सोही समयमा रिट निवेदकका पक्षबाट बाँकी अधिवक्ताहरूले हस गर्ने भएका हुन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर भएको थियो ।

विघटनविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेञ्चमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेका छन् ।

प्रतिक्रिया