संसद विघटनविरुद्ध निवेदक पक्षको बहस सकिँदै
मेरोन्यूज
२०७८ असार ११ गते ११:५०

काठमाडौँ । संसद विघटनविरुद्ध परेको मुद्दामा आज शुक्रबार रिट निवेदक पक्षबाट बहस सकिँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पक्षका कानून व्यवसायीलाई बहस गर्न १२ घण्टाको समय दिएको हो । सो समया आज सकिँदैछ ।
यसअघि इजलासको पक्षबाट बुधबार र बिहीबार बहस भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना पक्षका कानून व्यवसायीले बहस गरेका थिए ।
इजलासले निवेदक पक्षलाई बहस गर्न १२ घण्टाको समय उपलब्ध गराएको थियो । पक्षको बहस सकिएसँगै आगामी आइतबारदेखि विपक्षी अर्थात सरकारी पक्षका कानून व्यवसायीले बहस गर्ने छन् ।
विपक्षलाई बहस गर्न १५ घण्टा दिइएको छ । उनीहरूको बहस सकिएसँगै पुनः निवेदक पक्षले जवाफी बहस गर्नका लागि ३ घण्टा समय पाउनेछ ।
आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलसहित २९ जनाले बहस गर्ने भएका छन् ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया