शुक्रबार, चैत १६, २०८०

गोरखामा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

मेरोन्यूज २०७८ असार ११ गते ११:०४

गोरखा । गोरखाको निजी आवास पुनर्निर्माणमा सहजिकरण गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गोरखाको २ नगरपालिका गोरखा र पालुङ्गटार तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक र शहिदलखन सहित जम्मा ६ गाँउपालिकाका जम्मा ५० वटा वडामा सामाजिक प्राविधिक सहजिकरण मार्फत घर पुनर्निर्माण भएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट तोकिएका २६ हजार ९१२ घर निर्माण गरिने लक्ष्य रहेकोमा हाल २६ हजार ५ सय घर पुननिर्माण भईसकेका छन् । निजी आवास पुनर्निर्माण ९८ प्रतिशत सम्पन्न भएको तथा यथाशीघ्र सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जनाएका छन् ।

परियोजना मार्फत घर निर्माणस्थलमा गएर भूकम्प प्रभावित घरधनिलाई सामाजिक प्राविधिक सहजिकरण, अति विपन्न स्थिती भएका भूकम्प प्रभावित घरधनीलाई सहजिकरण, स्थानीय डकर्मीको क्षमता अभिवृद्धि तालिम, मौलिक तथा परम्परागत घरको जगेर्नाका लागि प्रवलीकरण, भूमिहिन भूकम्प प्रभावित घरधनी लगायत संकटासन्न घरधनीलाई मुख्य प्राथमिकता दिई कार्य अगाडी बढाइएको हो ।

भूकम्प प्रतिरोधी घर पुनर्निर्माणसंगै सुरक्षित आवास निर्माणका लागि स्थानीय डकर्मीलाई निर्माणस्थलमै क्षमता अभिवृद्धिको तालिम समेत परियोजनाले दिएको छ । परियोजनाले आफ्नो कार्यक्षेत्र रहेको पालिकामा ६ हजार ८४२ डकर्मीलाई १४ हजार ९४९ दिन सुरक्षित आवास निर्माणका लागि तालिम दिइएको छ ।

Advertisement

यस्तै, सामान्य क्षति भएका मौलिक र परम्परागत घरको जगेर्ना गर्ने उद्देश्यले इच्छुक भूकम्प प्रभावित घरधनीले परियोजनाको सहयोगमा आफ्नो घरको प्रवलीकरण गरेको परियोजनाले जनाएको छ ।

परियोजनाका जिल्ला इन्जिनियर दिवश दाहालले भन्नुभयो, प्रवलीकरणमा टेवा पुर्याउने उद्देश्यले परियोजनाको कार्यक्षेत्र रहेको हरेक वडाहरुमा इच्छुक तथा प्रवलीकरण सूचीकृत लाभग्राहीहरुको कायम गरेका मापद्दण्ड अनुसार ४६ वटा घर प्रवलीकरण गरी हरेक वडामा ५ दिनको तालिम सञ्चालन गरि जम्मा ३२० जना डकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।

प्रवलीकरणको बुझाईलाई बढोत्तर गर्न पुनर्निर्माणमा खटिएका राष्टिय पुनर्निर्मा०ा प्राधिकरण तथा भवनका प्राविधिकहरुलाई पनि प्रवलीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । साथै, गाँउपालिकाहरुसंगको समन्वयमा प्रवलीकरण सम्बन्धी कार्यशाला समेत आयोजना गरिएको छ ।

नगरक्षेत्रमा नक्सा पास अनिवार्य गराउनुपर्ने भएकाले गोरखा र पालुङ्गटार नगरपालिका परिसरमा रहेको नक्सा पास स्टुडियोले भूकम्प प्रतिरोधी घर निर्माणका लागि मापदण्डमा रहेर निशुल्क नक्सा पास गर्न सहजिकरण गरेको स्ट्रक्चरल इन्जिनियर स्वर्णीम श्रेष्ठले बताए । हाल सम्म दुवै नगरपालिका मार्फत २ हजार ४१६ नक्सा पास सम्पन्न भएका छन् ।

लामो समय देखि रोकिराखेका आर्थिक अवस्था कमजोर भएका अति विपन्न भूकम्प प्रभावित घरधनीका छाना छाउन नसकिएका ४१ घरमा छाना छाइ सकिएको छ ।

परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले भने, परियोजनाले छाना छाउँदा अपनाउनु पर्ने न्यूनतम मापदण्ड बारे स्थानीय सिकर्मी÷डकर्मीलाई तालिम दिइएकोमा छाना छाउने, डाँडाभाटाको नाप, जोड्न तरिका, ट्रस तथा गारो र छानालाई मजबुद बनाउन विधि बारे तालिम समेत दिइएको छ ।

प्रतिक्रिया