बिहीबार, वैशाख २०, २०८१

‘मेकइन नेपाल स्वदेशी’ अभियान मिलेर कार्यान्वयन गरिँदै

मेरोन्यूज २०७८ असार १० गते २१:१३

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेकइन नेपाल स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसङ्घबीच समझदारी भएको छ । परिसङ्घले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पप्रवद्र्धन गर्ने लक्ष्यका साथ अगाडि बढाएको सो अभियानमा सरकारले समेत सहयोग गर्ने भएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुङ्गा सावित हुने बताए ।

“अब सरकार र परिसङ्घ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ”, उनले भने, “सरकारले नीतिगत र प्रक्रियागत रूपमा सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ । अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ ।”

कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोले अभियानको महत्व र त्यसले पार्ने प्रभावका बारेमा जानकारी दिँदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया