शुक्रबार, वैशाख १४, २०८१

पोखरा महानगरद्वारा ६ अर्ब २७ करोडको बजेट विनियोजन

मेरोन्यूज २०७८ असार १० गते १४:०५

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आज बजेट विनियोजन गरेको छ । पोखरा महानगरपालिकाको नगरसभाको अधिवेशनमा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ ४६.४ प्रतिशत छुट्याइएको छ भने पुँजिगततर्फ ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ । संवैधानिक व्यवस्था अनुसार आज देश भरीका स्थानीय तहले बजेट ल्याउदै छन् ।

प्रतिक्रिया