सोमबार, जेठ ७, २०८१

फुटबल : यस्तो थियो बेल्जियमको इतिहास

अपमानमाथि ‘ठूलो सफलता’ देख्ने व्यक्ति, जो विश्व हल्लाइरहेछ

आयुश राठौर २०७८ असार ७ गते १४:५३

काठमाडौँ । यो सबैभन्दा लोभ लाग्दो उपलब्धी हो । विश्वकै एक सानो देशले जुन उपलब्धी हासिल गरेको छ, त्यो जो कसैलाई प्राप्त गर्न कठिन हुन्छ । पृथ्वीकै लोकप्रिय खेलको वरियतामा शीर्ष स्थानमा रहेको यही सानो देश हो, बेल्जियम ।

Advertisement

करिब एक करोड १० लाख मात्रै जनसंख्या रहेको बेल्जियम पछिल्ला वर्षहरूमा आफूलाई शीर्ष स्थान राख्न सफल छन् । फुटबल दुनियाँमा आफ्नै साम्राज्य खडा गर्दै आएको छ ।

फुटबलमा शीर्ष इतिहास बनाएका फ्रान्स र जर्मनी उसको छिमेकी देश हुन् । यी देशहरू भूभाग र जनसंख्याका हिसाबले बेल्जियमभन्दा ठूला छन् । तर, फुटबलमा बेल्जियमभन्दा पछाडि ।

सन् २०१८ को विश्व विजेता फ्रान्स र ४ पटक विश्व विजेता बनेको जर्मनीलाई उसकै छेउमा रहेको फुच्चे देश बेल्जियमले टक्कर दिइरहेको छ । आफूलाई फुटबल दुनियाँमा शीर्ष स्थानमा राख्दै आएको छ ।

बेल्जियम पहिलोपटक सन् २०१५ मा फुटबलको आधिकारिक निकाय फिफा वरियतामा शीर्षमा पुगेको थियो । उसको यो ताज सन् २०१८ सम्म रह्यो । फ्रान्सले विश्वकप जितेसँगै पुनः केही समय उनको शीर्ष स्थानको ताज खोसियो । तर, यो फ्रान्ससँग लामो समय बस्न पाएन । बेल्जियमले पुनः आफूलाई शीर्ष वरियतामा लैजान सफल भए ।

अहिले बेल्जियमको लक्ष्य जारी युरो कपमाथि जित हात पार्नु रहेको छ । यस्तै, सन् २०२२ मा हुने विश्व कपको उपाधि जित्नु छ ।

फुटबलको मैदानमा बेल्जियम यात्रा लामो छैन । उसले सन् २००० देखि मात्रै फुटबलको दुनियाँमा पाइला राख्न सुरु गरेको हो । उसले पहिलोपटक विश्वसँग फुटबल खेल्दै गर्दा आफै सह आयोजक बनेका थिए । त्यस समय उसले सह आयोजग भई युरोपियन च्याम्पियन्सिप लिग खेलाएका थिए ।

आफ्नै होम ग्राउण्ड किंग बाउडिन स्टेडियममा भएको उद्घाटन खेलमा बेल्जियमले सयौँ बेलुन उडाएर खुसी मनाएका थिए । तर, उसको खुसी ९ दिनमै टुट्न पुग्यो । सबैबाट अपमानित हुनु पर्यो । फुटबल खेल्न विश्वसामू जाँदै गर्दा बेल्जियमले समूह चरणमै ठूलो अपमानित खेप्नु पर्यो ।

मिशेल सबलोन त्यस समय बेल्जियमका राष्ट्रिय टोलीका प्राविधिक निर्देशक थिए । आफ्नो फुटबल टिममाथि ठूलो अपमानित हुँदै गर्दा उनले ‘ठूलो सफलता’ भएको प्रतिक्रिया दिएका थिए । सायद, उसले बेल्जियमको आजको दिनलाई संकेत गर्दै यस्तो भनेको हुनु पर्छ । उसको शब्द सापटी लिएर भन्नु पर्दा बेल्जियमले आज ठूलै सफलता पाएको छ ।

‘यो खेलाडीहरूका लागि राम्रो थिएन, क्लबका लागि राम्रो थिएन, राष्ट्रिय टोलीका लागि राम्रो थिएन,’ सबलोनले भनेका थिए, ‘यो वास्तवमै हामीमाथि गरिएको मजाक थियो, घृणा थियो ।’

आफू सह आयोजक बनेर विश्वका शक्तिशाली राष्ट्रसँग फुटबल खेल्न पाउनु नै बेल्जियमको सफलता थियो, त्यसबेला । त्यही आयोजनाबाट उनको फुटबलमा नयाँ बाटो सुरु हुन पुग्यो । त्यसको १४ वर्षपछि सम्पन्न भएको विश्वकपमा उसले अकल्पनिय प्रर्दशन गर्यो । त्यसबेला उसले विश्वकप जित्न सक्थ्यो । तर, जे गर्यो धेरै राम्रो गर्यो ।

आफ्नो टिमको विकासका लागि सबलोनले धेरै समय बर्बाद गरेनन् । उसले भावी दिनका लागि नयाँ बाटो कोर्न थाले । प्राविधिक रुपमा फुटबललाई नयाँ शैलीको विकास गरे ।

सबलोनले विश्व फुटबलमा खेलिँदै आएको परम्परागत शैली ४–४–२ शैलीबाट नयाँ शैलीको विकास गरे । उसले ४–३–३ को शैलीमार्फत विश्वसँग आफ्नो देशलाई प्रतिस्पर्धामा उतारे । जसमा सबै खेलाडीले आफूलाई भरपूर उत्तरदायी बनाउने अवसर पाए ।

अहिले बेल्जियम १६ औँ युरोकप खेल्दै छ । उसका अगाडि पटक–पटक विश्वकप जितेका देशहरू डराइरहेका छन् । जारी युरोकपमा बेल्जियमले दुई खेल खेलिसकेको छ । दुवै खेलमा उसले सानदार जित हात पारेको छ ।

पहिलो खेलमा बेल्जियमले रसियाको पोस्टमा एक पक्षीय ३ गोल गरेको छ । रोमेलु लुकाकूले २ गोल र थोमासले १ गोल हानेर आफूलाई अब्बल साबित गरेका छन् ।

यस्तै, दोस्रो खेलमा डेनमार्कको पोस्टमा दुई गोल गर्दा एक गोल खाएको छ । जसमा थोरगन हेर्जाड र केविन दि ब्रुरेनले गोल गरेका थिए । रोमेलु लुकाकु, थोमास, थोरगन हेर्जाड, केविन जस्ता खेलाडीले भरिएको बेल्जियमले उपाधिका लागि कडा रुपमा दाबी गरिरहेको छ । एजेन्सी

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया