शनिबार, वैशाख ८, २०८१

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

अशोक घिमिरे २०७८ असार ५ गते १९:२३

काठमाडाैंँ । कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ । महामारीले विश्वभर आतङ्क मच्चाइरहँदा एकाध महिना मानव समुदायका क्रियाकलाप स्थिरजस्तो देखिए पनि पछिल्लो समय वैकल्पिक माध्यमबाट विगतका लय पक्रिन थालेका छन् ।

महामारीका कारण भौतिक उपस्थितिमा कठिनाइ देखिए पनि प्रविधिको प्रयोगबाट आफ्ना कर्मलाई नियमितता दिन अन्तर्राष्ट्रियजगत् लागेको छ । विश्वका हरेक कुनामा बस्ने व्यक्तिले अहिले त्यही प्रविधिको प्रयोग गर्दै आफूलाई एकापसमा नजीक ल्याइरहेका छन् । कोरोना महामारीको दोस्रो लहरका बाबजुद पनि पछिल्ला समयसमय शैक्षिक, सामाजिक तथा आर्थिक गतिविधिले गति लिएका छन् ।

अध्ययन अध्यापन, अनुसन्धानदेखि व्यापार व्यवसायसम्म प्रविधिले सहजीकरण गरिरहेका छन् । शैक्षिक संस्थाले विभिन्न सफ्टवेरको प्रयोग गरेका आफ्ना गतिविधिलाई निरन्तरता दिएका छन् । शिक्षक तथा विद्यार्थीले पनि आफूलाई त्यसमा अभ्यस्त बनाउँदै लगेका छन् । विद्यालय, विश्वविद्यालयका नियमित शैक्षिक सत्र अनलाइन माध्यमबाट अगाडि बढेका छन् ।

सैद्धान्तिक विषयका कक्षा मात्र नभई प्रयोगात्मक विषय पनि अनलाइनका माध्यमबाट नियमित भइरहेका छन् । पछिल्ला समय विभिन्न विषयको अध्ययनका लागि हुने प्रवेश परीक्षाको तयारी कक्षा पनि अनलाइनबाटै हुने गरेको छ । “कोभिडको दोस्रो लहरसम्म आइपुग्दा विद्यार्थी तथा शिक्षकमा अनलाइन कक्षामा पढ्ने/पढाउने बानीको राम्रो विकास भइसकेको छ”, इन्जिनीयरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको संस्था क्ल्याम्पहुक एकेडेमीका संस्थापक बिक्की छन्त्याल भन्छन्, “अब सबै विद्यार्थीको पहुँचमा इन्टरनेट र प्रविधिको विस्तारमा जोड दिनुपर्छ ।”

क्ल्याम्पहुक एकेडेमीले पनि अनलाइनबाटै इन्जिनीयरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो एक वर्ष विद्यार्थी तथा शिक्षकमा देखिएको प्रविधिमैत्री व्यवहार एवं सोच तथा अनलाइन अध्ययनबाट अध्ययन/अध्यापन गर्दा आएको नतिजाले उनी झन् उत्साहित छन् ।

घटेको शुल्कबाट प्रविधि किन्न सहज

अनलाइन कक्षाले आम नागरिकको सोचमात्र बदलेको छैन, यसबाट समय र पैसाको पनि बचत भएको छ । कतिपय विद्यालय, विश्वविद्यालय तथा इन्स्टिच्युटले शुल्क पनि घटाएका छन् । शैक्षिक संस्थाले घटाएका शुल्कबाट विद्यार्थीले प्रविधि किन्न सकेका छन् । क्ल्याम्पहुक एकेडेमीले पनि अनलाइन कक्षा सञ्चालन गरेपछि इन्जिनीयरिङको प्रवेश परीक्षा तयारी कक्षाको शुल्क घटाएको छ । न्यून शुल्कमै विद्यार्थीले तयारी कक्षा लिन सकेका छन् ।

“तयारी कक्षा सञ्चालन गर्ने संस्थाले आठ–दश वर्षअघि देखि नै इन्जिनीयरिङको ‘इन्ट्रान्स क्लास’को शुल्क बीस हजारमाथि लिँदै आएका थिए”, क्ल्याम्पहुक एकेडेमीका सञ्चालक छन्त्याल भन्छन्, “अनलाइनमार्फत छ हजारमै गुणस्तरीय तयारी कक्षा सञ्चालन गर्न सकेका छौँ ।” भौतिकरुपमा कक्षा सञ्चालन गर्दा संस्थाको घर भाडा, कक्षा कोठा व्यवस्थापन खर्च तथा ठूलो सङ्ख्यामा कर्मचारीको सङ्ख्या आवश्यक पर्ने र अनलाइन कक्षा सञ्चालन गर्दा ती खर्चको कटौती हुँदा न्यूनतम शुल्कमा कक्षा सञ्चालन गर्न सफल भएको उनको जिकिर छ ।

क्ल्याम्पहुकको समूह नै इन्जिनीयरिङ पृष्ठभूमिको भएकाले अनलाइन कक्षामात्र नभएर क्ल्याम्पहुकमा प्रविधिको उच्चतम् प्रयोग गरेर धेरै विशेषता राखिएको कम्प्युटर इन्जिनीयर तथा अर्का संस्थापक विप्लव गौतम बताउँछन् । “क्ल्याम्पहुकले इन्जिनीयरिङ अध्ययन संस्थानकै संरचनामा रुपमा नमूना साप्ताहिक परीक्षा पनि सञ्चालन गरिरहेको छ”, उनले भने ।

क्ल्याम्पहुकले विद्यार्थीलाई प्रश्नबारे प्रत्यक्ष अन्तरक्रिया गर्न सहज होस् भनेर ‘डिस्कर्ड प्ल्याटफर्म’ मार्फत २४ घण्टा प्रश्न सोध्न मिल्ने व्यवस्था पनि गरेको छ । इन्टरनेटमा समस्या आएको वा अन्य प्राविधिक समस्याले कक्षाको केही अंश वा पूरै कक्षा छुट्न सक्ने हुँदा त्यस्तो परिस्थितिलाई ख्याल गरेर रेकर्ड गर्ने र पछि विद्यार्थीले फेरि हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया