शुक्रबार, चैत १६, २०८०

बागमती प्रदेश सरकारद्वारा ५७ अर्वभन्दा बढीको बजेट विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १७:५८

बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि बजेट विनियोज गरेका हुन् ।

प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ भने चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २ अर्ब बजेट व्यवस्था गरेको छ ।

यस्तै प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ । सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर बागमति प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।

प्रतिक्रिया