शुक्रबार, चैत १६, २०८०

प्रदेश २ मा ३३ अर्ब ७९ करोड १४ लाख बजेट विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १७:३२

काठमाडौँ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मंगलबार प्रदेशसभामा बजेट विनियोज गर्दै स्वाथ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।

प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मंगलबार प्रदेशसभामा बजेट विनियोज गर्दै स्वाथ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । प्रदेश सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि २० करोड बजेट छुट्याएको छ ।

त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको लागि ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए ।

Advertisement

प्रतिक्रिया