शनिबार, वैशाख ८, २०८१

प्रदेश १ को बजेटमा सासू-बुहारी सम्बन्ध सुधार कार्यक्रम समावेश

मेरोन्यूज २०७८ असार १ गते १७:२६

काठमाडौँ । प्रदेश १ सरकारले सार्वजनिक गरेको बजेटले जन्म दिने आमाप्रति सम्मान गर्न राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेटमा प्रदेश सरकारले आमा सम्मान कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोज गरेको हो ।

यस कार्यक्रमअन्तर्गत प्रदेश १ को दुर्गम भेगमा रहेका अति विपन्न परिवार र समुदायका समाजमा महत्वपूर्ण योगदान पुर्याएका आमाहरूलाई सम्मान गर्ने भएको हो । यस्तै, बजेटको बुँदा नम्बर ४० मा सासू बुहारीको सम्बन्धलाई सुमधुर बनाउन उदाहरणीय सम्बन्ध कायम राख्नेलाई सम्मान तथा पुरस्कार गर्ने गरी बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।

‘यसैगरी आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ’ भन्ने नारा बजेटले समेटेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।

प्रतिक्रिया