बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ मा साढे ३२ अर्बकाे बजेट विनियोजन (पूर्णपाठ)

मेरोन्यूज २०७८ असार १ गते १७:१०

काठमाडौँ । प्रदेश १ सरकारको बजेट विनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले आज बजेट ल्याएको हो ।

प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।

प्रदेश १ सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो । प्रदेश १ सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ ।

यस्तै, केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख, समानीकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड, सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त जनाएको छ ।

प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ । बैदेशिक अनुदान २६ करोड १३ लाख व्यहोर्ने आर्थिक मामिलामन्त्री आङ्बुहाङले बताए । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसै अनुसार प्रदेश सरकारले आज बजेट विनियोज गर्दै छन् ।

प्रतिक्रिया