बिहीबार, वैशाख ६, २०८१

कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम पारित, एमालेले गर्‍यो विपक्षमा मतदान

मेरोन्यूज २०७८ असार १ गते १६:११


काठमाडौँ । कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ । आज मंगलबार बसेको कर्णाली प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

कर्णाली प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विपक्षमा नेकपा एमाले उभिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह नीति तथा कार्यक्रमको विपक्षमा उभिएको हो । यस्तै, माधव नेपाल पक्षका सांसद भने बैठकमका सहभागी भएका थिएनन् ।

एमाले संसदीय दलका नेताले नीति तथा कार्यक्रमको विपक्षमा मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरू नैतिक संकटमा परेका थिए । नेपाल पक्षका चार सांसदमध्ये ३ जना मन्त्री छन् । सर्वोच्च अदालतले पुनर्बहाली गरेका चार सांसद सरकारको पक्षमा उभिने वा पार्टीको पक्षमा उभिने भन्ने नैतिक संकटमा परेका हुन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

एमाले र माओवादी ब्यूँतिएसँगै एमाले कर्णालीले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । यसबीच उनले प्रदेशसभामा विश्वासको मत लिने बैठकमा एमालेका नेता नेपाल पक्षका चार सांसदले शाहीको पक्षमा मत दिएका थिए । विश्वासको मत दिएको भन्दै उनीहरुलाई संसदीय दलले कारबाही गरेको थियो । कारबाही पर्नेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुन् । पछि, उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

सरकारले आज नीति तथा कार्यक्रम पास गरी बजेट ल्याउने तयारी गरेकाे छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्छ ।

प्रतिक्रिया