आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमण घट्दो

थप २,९१८ जनामा कोरोना पुष्टि, ५,१४७ जना निको भए

मेरोन्यूज २०७८ जेठ ३१ गते १६:५८


काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ९ हजार ४३८पीसीआर र ५ हजार ३८१ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ८१९ परीक्षण भएको छ ।

Advertisement

जसमा पीसीआरमा २०४९ र एन्टीजेनमा ८६९ जनालाई पोजेटिभ देखिएको छ । सोही अवधिमा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन् भने सोही अवधिमा ५३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया