आइतबार, जेठ ६, २०८१

पूर्वप्रधानमन्त्री खनालको अक्सिजन सपोर्टमा उपचार हुँदै

मेरोन्यूज २०७८ जेठ ३१ गते १६:३५

काठमाडौैं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजन सपोर्टमा उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति जारी गदै नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको तर कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको जनाएको छ ।
उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ । नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया