आइतबार, जेठ ६, २०८१

नेपालमा कोरोनाविरुद्धको पहिलाे डोज २४ लाखले लिए

मेरोन्यूज २०७८ जेठ ३१ गते १४:४०


काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलाे डोज २४ लाखले लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले जनाएको छ । शाखाका प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा हालसम्म कोरोना भाइरसको पहिलो मात्रा २४ लाखले लगाएका जानकारी दिए ।
उनका अनुसार दुबै डोज ७ लाखले लिएका छन् । कोरोना भाइरसको चिनियाँ भेरोसेलको दोस्रो अभियानमा शनिवार बेलुकासम्ममा ६० देखि ६४ वर्ष उमेर समुहका ३ लाखभन्दा बढीले लिएका शाखाले जनाएको छ । कोरोना भाइरसको पहिलो मात्रा लिएर दोस्रो खोपको पर्खाईमा हाल १३ लाखभन्दा बढी व्यक्तिहरु रहेका छन् । तिनिहरुले दोस्रो डोज पाउँने हो की हैन अझै अन्योल छ ।

Advertisement

शाखाका प्रमुख गौतमले भने, “कोल्भिसिल्ड प्याप्त नभएर दिन सकिएको छैन् ।”
विभिन्न अध्यनहरुले पहिलो खोप लिएका व्यक्तिमा ६ महिनासम्म शरिरमा एन्टिबडीबन्ने देखिएको डा. गौतमले जानकारी दिए । पहिलो खोप लिएकाले नआर्तिन उनको आग्रह छ ।
यसैगरी, हालसम्म १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुले ,ज्वरो आएका, सिकिस्त बिरामी बाहेका खोप नलगाउन उनले आग्रह गरे ।
नेपालमा हालसम्म ४२ लाख खोप आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया