आइतबार, जेठ ६, २०८१

कोरोनाबाट जसपाका युवा नेता राईको निधन

मेरोन्यूज २०७८ जेठ ३१ गते १३:३४

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा)का युवा नेता मोहनप्रसाद राईको निधन भएको छ ।

Advertisement

खोटाङको बराहपोखरी गाउँपालिका ३ साउनेचौंरका उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा निधन भएको हो ।

कोरोना संक्रमणमुक्त भएपछि देखिएको पोष्ट कोरोना इन्फेक्सनका कारण राईको निधन भएको जसपाले जनाएको छ । उनी पेशाले आइटी इञ्जिनियर थिए ।

उनका श्रीमती र एक सन्तान छन् । उनको निधनमा पार्टीले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया