आइतबार, जेठ ६, २०८१

कोरोनाबारे थप अध्ययन गर्न जि ७ राष्ट्रको माग, चीनले सहयोग गर्ने अपेक्षा

मेरोन्यूज २०७८ जेठ ३१ गते १२:१२

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस गेब्रयेससले चीनमा पहिलोपटक देखा परी विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि सहयोग गर्ने विश्वास लिएका छन् । विश्वका धनी देशहरू जि ७ को बैठक सकिएसँगै उनले दिएको बयानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Advertisement

उनले कोरोनाको उत्पत्तिलाई लिएर हुन लागेको परीक्षणलाई चीन सरकारले पनि सहयोग गर्ने अपेक्षा गरेको बताएका छन् । उनले भने, ‘कोरोना भाइरसको उत्पत्तिलाई लिएर विश्वभर भइरहेको टिप्पणीबारे गहिरो अध्ययन गर्न आवश्यक रहेको छ, यसका लागि चीन सरकारको पूर्ण साथको खाँचो हुनेछ ।’

यसैबीच आइतबार सम्पन्न भएको जि ७ राष्ट्रहरूले कोरोनाको बारेमा थप अध्ययन गर्न आवश्यक रहेको निचोड निकालेका थिए । बैठकले कोरोना रोकथामका लागि विश्वका गरिब देशहरूलाई एक अर्ब खोप दिने घोषणासमेत गरेको छ ।

कोरोनाबारे थप अध्ययन गर्नका लागि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत जि ७ का राष्ट्र प्रमुखहरूले कोरोनाबारे थप अध्ययन गर्न आवश्यक रहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया