आइतबार, जेठ ६, २०८१

बागलुङमा पाँचौपटक निषेधाज्ञा थपियो

मेरोन्यूज २०७८ जेठ ३१ गते ११:१०

काठमाडौँ । बागलुङमा पाँचौँपटक निषेधाज्ञा थपिएको छ । जिल्लामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मंगलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउ बिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ ।

कोरोनाको संक्रमण तीव्र रूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी)ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।

प्रतिक्रिया