आइतबार, जेठ ६, २०८१

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

मेरोन्यूज २०७८ जेठ ३१ गते १०:३३

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

Advertisement

स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ । गत ५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल लगिएको हो । साथै उनको स्वास्थ्यमा हेमोग्लेविनको मात्रा कम भएको छ ।

यसअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनी नर्भिक अस्पतालमै उपचार गरी घर फर्किएका थिए ।

प्रतिक्रिया