आइतबार, जेठ ६, २०८१

आजको राशिफलः ज्येष्ठ ३१ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ ३१ गते ६:१४

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ३१ गते सोमबार, ज्येष्ठ शुक्लचतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ

Advertisement

मेष
मनमा दृढता आउने छ भने मन स्थिर रहने छ । जति मानसिक पक्ष सवल हुने छ, शारीरिक कमजोरी भने धेरै रहने छ । बोलीको प्रभाव बढेता पनि कडापना अत्याधिक देखा पर्ने भएकाले यसबारेमा ध्यान दिनु होला । रोजगारी र व्यावसाय दुबै क्षेत्रमा समय सकारात्मक नै रहेको छ ।

वृष
मेहनत र पराक्रम गर्नका लागि मनमा तिब्रता आएता पनि शारीरिक स्वास्थ्यले भने यसमा बाधा सृजना गरिदिने छ । दृढ खालेको व्यक्तित्व हुने छ । यससँगै स–साना विषयमा पनि रिस धेरै उठ्ने व्यक्तित्व हुने भएकाले यस विषयमा संयमित रहनु होला । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ ।

मिथुन
व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाष आउने छ । पारीवारिक जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला ।

कर्कट
दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र होच्याउने अवस्था आउने भएकाले यसबारेमा ध्यान दिनु होला । धैर्य भएर पाइला चाल्नु पर्ने समय छ । मानसिक हिसावले दृढ र संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक रुपमा निकै कमजोरीहरु देखा पर्ने भएकाले मनोबलको कमि हुन जाने छ । पेशागत जीवनमा उतार चढाव देखा पर्ने भएकाले संयम रहनु होला ।

सिंह
समय प्रतिकुल चलिरहेकाले संयमताको खाँचो पर्ने देखिन्छ । शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व बन्ने छ । पेशागत जीवन औसत रहने र आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । तर भाग्यको साथको अभावका कारण बाध्या ब्यवधानहरु एक पछि अर्काे निरन्तर आउने छन् । दाम्पत्य जीवनमा पनि चुनौति थपिने अवस्था रहेकाले सतर्क रहनु होला ।

कन्या
आम्दानीका सन्दर्भमा औसत समय चलिरहेको छ । आम्दानी बढाउनका लागि अस्वाभाविक तनाव नलिँदा ठिक हुने समय छ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । चुनौतिपूर्ण पेशामा आवद्धहरुले उच्चसतर्क रहनु पर्ने समय छ ।

तुला
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । धन सम्पत्तिका विषयमा लफडा सृजना हुने छ ।

वृश्चिक
समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था आउने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा प्रतिष्पर्धीहरुले पेल्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा बिबाद देखा पर्ने भएकाले संयमित रहनु होला ।

धनु
शारीरिक र मानसिक कमजोरी अत्याधिक हुन जाने छ । मनोबल पनि कमजोर हुने छ । शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, जप, भजन श्रवण आदीमा मन लगाएमा राहत मिल्ने छ । पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने प्रकारको छ । पेशागत जीवनमा धेरै जुध्नु पर्ने समय सक्रिय रहेको छ । त्यसैले कम भन्दा कम द्वन्द्वात्मक भएर अघि बढ्ने रणनीतिमा रहनु उपयुक्त हुने छ ।

मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । जीवनसाथिको शारीरिक स्वास्थ्य अवस्थाको चुनौतिले कठिनाई उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु होला । पेशागत जीवनमा अस्थिरता आउने छ ।

कुम्भ
बौद्धिक व्यक्तित्व हुने छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कठिनाई आउन जाँदा मनोबलको कमजोर बन्ने छ । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्न जाने छन् । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले भरोषा गर्ने छैनन् । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु नलिँदा उपयुक्त हुने देखिन्छ ।

मीन
दुविधात्मक व्यक्तित्व हुने छ । भाग्यहिनताको महशुस भइरहने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएर राखेको धनमा समस्या उत्पन्न हुने छ । यसलाई लिएर द्वन्द चर्किन पुग्ने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । आम्दानीमा हुने केही वृद्धिले राहत प्रदान गर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया