आइतबार, जेठ ६, २०८१

कोरोनाविरुद्ध एक अर्ब खोप दिने विश्वका धनी देशको घोषणा

मेरोन्यूज २०७८ जेठ ३० गते २०:२१

काठमाडौँ । विश्वका धनी राष्ट्रहरूको समूह जी ७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस (कोभिड १९)विरुद्ध एक अर्ब खोप दिने बताएका छन् । पत्रकारसँग बोल्दै उनले विपन्न राष्ट्रहरूलाई कोभिडविरुद्ध एक अर्ब मात्रा खोप दिने बताएका हुन् ।

Advertisement

एक अर्ब खोपमध्ये बेलायतले मात्रै १० करोड मात्रा खोप दिने उनले बताएका छन् । विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो, उनले भने ।

अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोप लागत मूल्यमा नै बेचिएकाले निकै लोकप्रिय रहेको बताउँदै प्रधानमन्त्री जोनसनले आस्ट्राजेनेकाको कदमलाई ‘उदारतापूर्ण कार्य’ भएको बताएका थिए ।

उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको उल्लेख गरेका थिए । एजेन्सी

प्रतिक्रिया