आइतबार, जेठ ६, २०८१

कोरोना विरुद्धको खोपमा पनि दलिय भागभण्डा

मेरोन्यूज २०७८ जेठ ३० गते १८:१३

काठमाडौँ । चीनले अनुदानमा दिएको १० लाख डोज भेरोसेल खोपमा दलिय भागभण्डा गरिएको छ । उक्त खोपलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गरेको थियो ।

Advertisement

तर, स्थानीय तहरुले त्यसको दुरुपयोग गरेका छन् । यसको उदाहरणका रुपमा उदयपुरको बेलका नगरपालिका रहेको छ । उक्त नगरपालिकाले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा लगाएको पाइएको छ ।

नगरपालिकाका नगर प्रमुख दुर्गाप्रसाद थापाले नगरपालिकाका सबै वडा कार्यालयमा पठाएको पत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका १०/१० जना र स्थानीय तहका ३ जनालाई खोप दिन भनिएको छ ।

उक्त पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।

प्रतिक्रिया