आइतबार, जेठ ६, २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो – ‘कोरोनाबिरुद्धको खोपमा चुम्बकीय धातु हुदैन,हल्लाको पछि नलागौँ’

मेरोन्यूज २०७८ जेठ ३० गते १८:०४


काठमाडौं । कोभिड १९ विरुद्धको खोपका विषयमा अफवाहको पछाडी नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सुचना जारी गदै खोप लगाएको व्यक्तिमा कुनै पनि चुम्बकीय धातु नहुने जानकारी दिएको छ ।

Advertisement

पछिल्लो समय कोरोना खोप लगाएका व्यक्तिमा चम्चा ,प्लेट टासिने भन्दै हल्ला फैलिएको थियो । तर मन्त्रालयले कोभिड १९ विरुद्धको खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु नहुने र यस्ता अफवाहको विश्वास नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको हाे ।

कोभिड १९ खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकुल असर नगर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया