आइतबार, जेठ ६, २०८१

उपत्यकामा निषेधाज्ञा : निर्माण सामग्री ढुवानी गर्न पाउने (निर्णयसहित)

मेरोन्यूज २०७८ जेठ ३० गते १७:२८

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थप गरिएको निषेधाज्ञामा नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको परिपालना गरी कुटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिन पाउने भएको छ ।

Advertisement

तरकारी, फलफूल, खाद्यान्न दूध डेरी, मासु, ग्यास पसललगायत ग्रोसरी पसलहरू बिहान ११ बजेसम्म खोल्न पाउने भएको छ । स्थानीय स्तरमा ढुवानीका हकमा राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ ।

यस्तै, बाहिरी जिल्लाबाट आयत गर्नु पर्ने निर्माण सामग्री ढुवानी गर्ने सवारी साधानहरू राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो ।

प्रतिक्रिया