आइतबार, जेठ ६, २०८१

असार २३ गते नाम दर्ता परीक्षा नहुने : नर्सिङ काउन्सिल

मेरोन्यूज २०७८ जेठ ३० गते १५:३१

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले २७औँ नाम दर्ता परीक्षा कोभिड–१९ महामारीका कारण आउँदो असार २३ नहुने स्पष्ट पारेको छ ।

Advertisement

काउन्सिलले परीक्षासम्बन्धी सामाजिक सञ्जालमा भाम्रक सूचना आइरहेको भन्दै काउन्सिलको वेबसाइटमा राखिएको सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ । काउन्सिलले यसअघि जेठ १८ गते कोभिड महामारी र निषेधाज्ञालाई मध्यनजर गर्दै दर्ता परीक्षा उक्त मितिमा लिन नसकिने जानकारी प्रकाशन गरेको थियो ।

प्रतिक्रिया