आइतबार, जेठ ६, २०८१

आजको राशिफलः ज्येष्ठ ३० गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ ३० गते ६:१६

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ३० गते आइतबार, ज्येष्ठ शुक्लतृतीया तिथि । अब लागौं आजको राशिफलतर्फ

Advertisement

मेष
बोलीको प्रभावकारीता बढ्ने छ । रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा समय अनुकुल रहने छ । मनमा अस्थिरता बढ्ने छ, सुख सन्तोषको अभाव हुने छ । छाति, मुटु, उच्च रक्तचाप तथा हृदयसँग सम्बन्धित विषयमा संयमित रहनु होला । ठेक्कापट्टा, श्रम क्षेत्र, मजुदर परिचालन, फलाम, उद्योगक कलकारखाना जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल रहने छ ।

वृष
पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । व्यक्तित्वमा दृढता आउने छ तर रिस नियन्त्रण गर्ने विषयमा ध्यान नदिए धेरै रिसाहा व्यक्तित्व देखा पर्ने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । शिक्षा क्षेत्र, अध्यापक, शिक्षक, प्रशिक्षक, पत्रकारिता जस्ता क्षेत्रमा सहभागिहरुलाई सकारात्मक रहने छ । साझेदारीमा गरिएका काममा अबरोधहरु आउने छन् ।

मिथुन
समय अलि चुनौतिपूर्ण चलिरहेकाले संयमित रहनु होला । नरमपना वृद्धि हुनाले अरुले पनि नरमपना अनुभुत गर्ने छन् । शितल स्वाभावको व्यक्तित्व बन्ने छ । व्यक्तित्वमा भने केही अस्वाभाविक लुलोपना देखिने छ । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । परिवारको पूर्ण साथ पाइने हुँदा असजिलो परिस्थितिसँग जुध्न मद्दत पुग्ने छ । सार्वजनिक सवारीसाधन, ग्यारेज, फलामजन्य व्यावसाय, भाडाका सवारीसाधन जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

कर्कट
समय संयमित रहनु पर्ने खालको छ । ब्यक्तित्वमा पनि दृढता नहुँदा अरुले हेप्ने छन् । शारीरिक कमजोरीहरु देखा पर्दा आलस्यता आउने छ । मनोबलको गिरावट हुने छ । मांसपेशी तथा रगजन्य, हृदय, मुटु जस्ता विषयमा सतर्क रहनु होला । शारीरिक अभ्यास अनुशासित तरीकाले गरेमा फाइदा मिल्ने छ । सन्तान सुख प्राप्त हुने छैन । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला ।

सिंह
कर्मशिलतामा बृद्धि हुने छ भने आम्दानीमा पनि केही बृद्धि नै हुन पुग्ने छ । तर भाग्यको साथ नरहेकाले विभिन्नखाले अड्चनहरु सामना गर्नु पर्ने र समाधानका लागि नै समय खर्चिनु पर्ने अवस्था आउने छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले सतर्क रहनु होला । घर घडेरीको व्यवसाय, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, बाउन्सर जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण छ । धैर्यतापूर्वक कदम चाल्नु पर्ने समय छ ।

कन्या
पेशागत जीवनमा स्थिरता आउने छ । आम्दानीमा समस्या आउने छ । पाउनु पर्ने रकम प्राप्त हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । अध्ययन अध्यापनमा भने मन जाने छ । विद्यार्थी जगतले प्रगति गर्ने छन् । चुनौतिपूर्ण पेशामा आवद्धहरुले उच्च सतर्कता अपनाउनु पर्ने समय छ ।

तुला
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव देखा पर्ने छ । पेशागत जीवनमा भने समस्या आउन जाने छ, यसबारेमा संयमित भएर अघि बढ्नु होला । आम्दानीमा पनि भारी गिरावट आउँदा पारीवारिक आर्थिक व्यवस्थापन गर्न चर्काे दबाब उत्पन्न हुन जाने छ । अध्ययन अध्यापनमा भने मन लाग्ने छ । विद्यार्थी जगतले प्रगति गर्ने छन् । ब्यवस्थापन, वाणिज्य, राजनीति, स्टेसनरी, पत्रकारिता जस्ता पेशामा आवहरुलाई समय प्रतिकुल छ ।

वृश्चिक
समय संयमित भएर अघि बढ्नु पर्ने खालको छ । मनमा अत्याधिक उदासिनताले सताउने छ । पेशागत जीवनमा समस्या देखा पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोप पेशागत जीवनमा आउने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । पशुपालन, दुग्ध व्यवसाय, फेन्सि सामानको ब्यापार, सौन्दर्य सामानका व्यापार, व्युटिपार्लर, सैलुन, गाडिको डिलर, मोटरसाइकलको डिलर, पानीको ब्यापार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

धनु
मनोबल पनि कमजोर बन्ने छ । शारीरिक दुर्बलताले सताउने छ । पारीवारिक सदस्यहरुका बीच कटुता हुनेछ, संयमित रहनु होला । रगत, हृदय, छाति सम्बन्धि समस्या देखा पर्न सक्ने भएकाले सतर्क रहनु होला । स्वास्थ्य ठिक राख्नका लागि शारीरिक कसरत र योगाभ्यास गर्नु भएमा लाभ मिल्ने छ । मेडिकल पेशा, डाक्टर, ठेक्कापट्टा, सर्जरी जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।

मकर
दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । तर रिस धेरै उठ्ने भएकाले यसबारेमा संयमित रहनु होला । दाम्पत्य जीवनमा भने निकै कटुता आउन जाने छ । साझेदारीमा गरिएका काममा गम्भीरखाले समस्या आउने छन् । मनमा दुविधा अत्याधिक आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । अनुसन्धान, कुटनीति, पुरातात्विक कार्य, औषधिको कारोवार, मनोपरामर्श जस्ता पेशामा आवद्धहरुको आम्दानीमा केही बृद्धि हुने छ ।

कुम्भ
बौद्धिक व्यक्तित्व बन्न जाने छ । व्यक्तित्वमा दुविधा देखा पर्ने छ । पेशागत जीवनमा भने औसतमा समस्या आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउन जाने हुँदा आफै प्रति केही अविश्वास पैदा हुन जाने छ । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु गर्ने बेला रहेको छैन् । ब्यवस्थापन, शिक्षा क्षेत्र, मनो परामर्श जस्ता पेशा ब्यावसायमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।

मीन
सुख सन्तोषको अभाष हुने छ । जे जस्तो परिस्थिति भएता पनि मनमा सन्तोष लाग्ने छ । पेशागत जीवनमा भने उतारचढाव उत्पन्न हुन जाने छ । दुविधात्मक व्यक्तित्व हुने छ । अध्ययन अध्यापनमा रुचि लाग्ने छैन् । भाडाको सवारीसाधन, ढुवानीका सवारीसाधन, उद्योग कलकारखाना, निर्माण क्षेत्र, सिमेण्ट, डण्डि, रसायनीक मल आदीको कारोवारमा रहेकाहरुलाई सकारात्मक उत्पन्न हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया