बिहीबार, वैशाख १३, २०८१

३ हजार ३८४ जनामा कोरोना पुष्टि, ६१ जनाको निधन

मेरोन्यूज २०७८ जेठ २९ गते १६:५२

काठमाडौँ । नेपालमा गत २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या ६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, सोही अवधिमा ६ हजार २९५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । नेपालमा हालसम्म पुष्टि भएका कोरोना बिरामीको संख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय संक्रमितको संख्या करिब ७५ हजार रहेको छ ।

त्यस्तै कुल मृत्यु हुनेको संख्या ८ हजार तीन सय नाघेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया