शुक्रबार, चैत १६, २०८०

युरोकपमा आज तीन खेल हुँदै

मेरोन्यूज २०७८ जेठ २९ गते १६:१०


काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमा दोस्रो दिन आज तीन खेल हँदैछन् ।

बेलुकी ६ः४५ बजे हुने पहिलो खेलमा वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड १३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति ९ः४५ बजे हुने दोस्रो खेलमा डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै आजको अन्तिम खेल बेल्जियम र रुसको राति १२ः४५ बजे सुरु हुनेछ ।

विश्व वरीयताको शीर्ष स्थानमा गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० गोलले हराएको थियो । प्रतियोगितामा युरोपका २४ देश सहभागी भएका छन् । जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया