शनिबार, वैशाख ८, २०८१

युवा नेता भट्टले मनाए बेसाहारासँग जन्मदिन

मेरोन्यूज २०७८ जेठ २९ गते १५:२२

कैलाली । नेकपा माओवादी केन्द्रका युवा नेता तथा व्यवसायी डिल्लीराज भट्टले बेसाहारालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।

भट्टले जन्मदिनको अवसरमा मानव सेवा आश्रम कैलालीमा रहेका बेसाहारालाई बिहानको खाना खुवाएको मानव सेवा आश्रम कैलालीले जनाएको छ । उनले ७० जना बेसाहारालाई खाना खुवाएको बताए ।

यस्तै, उनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई कोरोना भाइरस (कोभिड–१९)बाट बच्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

उनी सिआइडी नेपाल संस्थाका राष्ट्रिय अध्यक्ष, शिवपुरी धामका कार्य समिति सदस्यलगायत विभिन्न संघसंस्थामा आबद्ध हुँदै आएका छन् ।

तस्बिर

प्रतिक्रिया