बिहीबार, वैशाख १३, २०८१

नेपालबाट अष्ट्रेलियाविरुद्ध कोको खेल्दैछन् ?

आयुश राठौर २०७८ जेठ २८ गते १३:३७

काठमाडौँ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्ने भएको छ । खेल राति ९ः४५ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा दुई देशबीच दोस्रोपटक खेल्ने भएको हो ।

समूह चरणको दोस्रो खेलका लागि यतिबेला नेपाल र अष्ट्रेलिया कुवेतमा रहेका छन् । घरेलु मैदानमा खेल्नु पर्ने दोस्रो खेल कोरोना भाइरस (कोभिड–१९) महामारी कारण खेल स्थगित भएको हो ।

पहिलो खेलमा नेपालका रक्षा पंक्तिमा दिनेश राजवंशी, अनन्त तामाङ, रञ्जित धिमाल र देवेन्द्र तामाङ रहेका थिए । यतिबेला रक्षा पंक्तिमा रहेका रोहित चन्दले अष्ट्रेलियासँगको पहिलो लेगमा मिडफिल्डका भूमिकामा रहेका थिए ।

त्यस्तै मिडफिल्डमा रोहित चन्दसँगै विशाल राई, अञ्जन बिष्ट, सुजल श्रेष्ठ र रवि शंकर पासवानले पनि सुरुवात गरेका थिए । स्ट्राइकरको भूमिकामा अभिषेक रिजाल रहेका थिए । दोस्रो हाफमा सन्तोष तामाङ, तेज तामाङ र विमल घर्तीमगर मैदान छिरेका थिए ।

अष्ट्रेलियाविरुद्धको पहिलो खेल खेल्ने टोलीमा रहेका १२ जना खेलाडी यसपटक टोलीमा परेका छैनन् । त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि शंकर पासवान, विमल घर्ती मगर, सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ, विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारी टोलीमा छैनन् ।

देवेन्द्र, रञ्जित, सुजल, विमल, विक्रम र तेज चोटग्रस्त छन् भने हेमन पनि बाहिरिएका छन् । पहिलो खेलको ११ मा रहेका ४ खेलाडी यतिबेला टोलीमा छैनन् । सुजल, देवेन्द्र, रञ्जित र रवि शंकरले अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा सुरुवातीमा थिए ।

पहिलो लेगका खेलाडी

किरण चेम्जोङ, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, विमल घर्तीमगर, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रवि शंकर पासवान, देवेन्द्र तामाङ, रोहित चन्द, विकेश कुथु, अजित भण्डारी, सरोज दाहाल, अभिषेक रिजाल, सुनिल बल, हेमन गुरुङ, विशाल राई, विक्रम लामा, तेज तामाङ, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रञ्जित धिमाल रहेका थिए ।

अहिलेको टोली

गोलरक्षक : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

दोस्रो लेगका खेलाडी

दीप कार्की (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), गौतम श्रेष्ठ, विकास खवास, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, आशिष लामा, सुमन लामा अष्ट्रेलियासँगको पहिलो लेगमा थिएनन् ।

नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् । ‘आशा छ, हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौँ । हाम्रो खेल्ने शैली सुधार भएको छ, हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौँ,’ प्रशिक्षक अलमुताइरी भन्छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । यस्तै प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए ।

समूह ‘बी’मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ । जारी खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया