शुक्रबार, वैशाख ७, २०८१

बालबालिकामा फैलिदै ईन्टरनेटकाे मोह

रमिला नेपाल २०७८ जेठ २८ गते १२:५७

लामो समय लकडाउ को कारण यसपटक  म अ‍ाफ्नो गाउँमा फर्के। साथै केही दिनसम्म गाउँघरमा बस्दै जादा मलाई केही कुरा लेख्न मन लाग्यो त्यसैले अ‍ाज लेख्दै छु।

गाउँघरमा विद्यार्थी भाईबहिनीमा फैलिएको नराम्रो विकृति मोबाइलफोन साथै नेट ईन्टरनेट ??? १० वर्ष देखि १८/१९ वर्षको बालबालिकामा मोबाइल फोनले गर्दा धेरै विक्रिती सहरमा होइन गाउँ घरमा पारेको रहेछ । हुनत ती सानातिना बालबालिकालाई केथा धेरै पढ्नु पर्छ कि मोबाइलमा गेम खेल्नुपर्छ कि धेरै साथीहरूसँग कुराकानी गरेर बस्नुपर्छ ??

गाउँ घरमा प्रायः बालबालिका घरको केही काम गरेर मात्रै स्कुल जान्छन् घरमा कति बाबाममिलाई सहयाेग हुन्छ यस्तो गर्दा तर अहिले त्यस्तो रहिरहन्छ नेपाल टेलिकमको 4 जी सेवा कुनैकुनै ढाडमा मज्जाले टिप्ने रहेछ अनि बालबालिका घरमा के काम गर्नु ढाडमा जाने बाबाममिसँग रोहिकराई गरेर पैसा मागेर रिचार्ज हालेर ढाडमा गएर कतिपय बालबालिका पढ्न नगई किन फ्रिफायर जस्ता धेरै गेम खेलेर बस्कोदेखे अब ती बालबालिकालाई प्रश्न गर्दा किन गेम खेलेर बसेको भाई बन्दा उनिहरूले हासेर दिदी पढ्नु भन्दा यहाँ धेरै रमाइलो हुन्छ तपाईं पनि खेल्नु न भन्छन मलाई ।

के पढाइ के गेम उनिहरूलाई पढ्न नपाएर गेम मात्रै खेल्न पाउनुपर्छ भने मान्सिकता भईसकेको मलाई लाग्यो तर नेट ईन्टरनेटको सहिसदुपयोग गर्नुपर्छ भनेर कलिलो दिमागमा स्कुलको टिचर गाउँमा विभिन्न क्षेत्रमा काम गर्ने दाजुभाइ दिदिबहिनीले यस्तो विषयमा अ‍ाफ्नो बालबालिकालाई राम्रोसँग सिकाउनु भएको भने यस्तो धेरै लत गेममा मात्रै हुदैनथ्यो ??? साथै विभिन्न बालबालिका सानै उमेरमा  विहे गर्ने ती नाबालक केटाकेटीलाई विवाह गर्नुहुन्छ कि हुदैनन् भने कुरा कसले बुझाउने उनिहरूलाई ???

विभिन्न गाउँ पालिका नगरपालिकाले किशोरी प्रोग्राम चलाउछन तर प्रोग्राम सिमित किशोरी क्षेत्रमा छुट्टयाइएको बजेट कति छ त्यसको प्रोग्राम 1 दिन गर्छन् तर ती बालबालिकालाई बालविवाह सम्बन्धि केही कक्षा लिएर टेनिङ सञ्चालन गरेर उनिहरूलाई लिडर सीप बनाउने रे काम गर्न दिने हो भने अ‍ाज बालविवाह गर्दैन थिए ??? महिला उपप्रमुखहरूले पनि किशोरीहरूलाई चाहिने प्याड बाड्नु भएछ तर बजारमा पाईने प्याड किनेर बाड्नु साटो प्याड बनाउन सिकाउनु भएको भने धेरै उपयुक्त हुन्थ्यो कलिला नानी हुनेका अभिभावक साच्चिकै निदाएका छैनन् ।

ला! कतै केही भई हाल्छ कि भन्ने चिन्ता र भयको ज्वालामुखीले म भित्रभित्रै खरानीसरह भएकी छु भन्छन् प्रतेक अभिभावक दुख लाग्छ यस्तो सुनिरहदा हाम्रो पढाइ हाम्रो स्थानीय सरकार र हाम्रो शिक्षाले हामीलाई न वयवाहारिक हुन सिकायो ?? त्यसैले प्रत्येक विद्यार्थीहरूलाई नेट ईन्टरनेटको राम्रोसँग अध्यन गराउन विद्यालय क्षेत्रमा काम गर्ने अभिभावक, स्थानीय सरकार र अभिभावकलाई पनि सिकाउन जरुरत रहेछ।अब हरेक बालबालिका गेम खेलेर फोनमा बोलेर सामाजिक सञ्जालमा घन्टौंसम्म नबसुन ।

यही उमेरमा धेरै कुरा सिकुन केही बन्नु र अ‍‍ाँफ्नो पढाइ सकेर म यो गर्छु यस्तो हुन्छु भनेर अबका दिनमा अगाडि बढनु प्रत्येक बालबालिकालाई मेरो यही शुभकामना छ। साथै ती गाउँघरमा भएका अभिभावकलाई पनि धेरै सम्झना र अबका दिनमा उहाँहरूको नानीहरूले त्यस्तो गर्दैनन् भने मेरो पूर्ण विश्वास छ। धन्यवाद ! ✍️✍️

लेखिका अनेरास्ववियुको ओखलढुंगा जिल्ला समिति सह-सचिव हुन् ।

यो पनि पढ्नुहोस्

राजनीति : तिम्रो मार्केट भ्यालु

प्रतिक्रिया