शुक्रबार, चैत १६, २०८०

जनमोर्चाका गण्डकी प्रदेश सदस्य थापा पुनः पार्टीबाट निष्कासित

मेरोन्यूज २०७८ जेठ २८ गते १२:१८

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनः पार्टीको सदस्यसमेत नहरने गरी कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गरी पार्टीको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी भएको छ । यसअघि जनमोर्चाले थापालाई जेठ २० गते प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

तर, वैशाख १२ मा जारी भएको निर्देशन १५ गतेको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भन्दै आफूमाथिको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गएका थिए ।

सर्वोच्चले पार्टीको कारबाही गलत भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

Advertisement

प्रतिक्रिया