आइतबार, जेठ ६, २०८१

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बिदै

मेरोन्यूज २०७८ जेठ २८ गते ११:३१

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच छलफल भइरहेको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण कम हुन नसकेपछि निषेधाज्ञा लम्बिने भएको हो । काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनु पर्ने देखिएको बताए ।

निषेधाज्ञा केही खुकुलो भने हुन सक्ने भएको छ । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ भने बिहान १० बजेसम्म किसाना तथा पसल खुल्न पाइने छ । हाल उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको छ ।

प्रतिक्रिया