आइतबार, जेठ ६, २०८१

आजको राशिफलः ज्येष्ठ २८ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ २८ गते ६:१७

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २८ गते शुक्रबार, ज्येष्ठ शुक्लप्रतिपदा तिथि । दशहरा स्नान आरम्भ तथा गोसाइकुण्ड स्नान आरम्भ । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा समय सकारात्मक रहने छ । बोलीको प्रभावकारीता बढ्ने छ । मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । माथिल्लो पेट, छाति तथा हृदयसँग सम्बन्धित विषयमा संयमित रहनु होला । रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, सेक्युरिटी सेवा तथा घर घडेरीको कारोवारमा सहभागिहरुलाई समय प्रतिकुल छ ।

वृष
बोलीमा नरमपना आउने हुँदा हुँदै पनि घर परिवारमा भने द्वन्द देखा पर्न जाने छ । दृढ ब्यक्तित्व बन्ने छ । रिसालु खाले ब्यक्तित्व बन्ने भएकाले यसबारेमा संयमित रहनु होला । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा अबरोधहरु आउने छन् ।

मिथुन
परिवारको साथ मिल्ने छ । कमजोर खाले ब्यक्तित्व बन्ने छ । यसअघि आफैसँग भएका चतुर्‍याईको क्षमतामा गिरावट आउन जाने हुँदा व्यवस्थापकीय क्षमतामा गिरावट देखा पर्ने छ । भाग्यको साथ कम रहेकाले औसत भन्दा बढि समस्याहरुसँग जुध्नु पर्ने छ । पेशागत जीवन भने स्थिर रहने भएकाले राहत मिल्ने छ । भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

कर्कट
कमजोर र अन्योल खाले व्यक्तित्व बन्ने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । खासगरी मांसपेशी तथा रगजन्य विषयमा सतर्क रहनुहोला । सन्तान सुख प्राप्त हुने छैन् । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला । जीवनसाथिको साथ लिएर अघि बढेमा राहत मिल्ने छ ।

सिंह
खर्च अत्याधिक बढ्ने समय सक्रिय रहेको छ । असजिलो परिस्थितिबाट गुज्रनु पर्ने समय भएकाले धैर्यतापूर्वक पाइला चाल्नु होला । पेशागत जीवनमा भने केही स्थिरता रहँदा राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा उल्झनहरु देखा पर्ने छन् । माथिल्लो पेट, छाति तथा ग्याष्ट्रिक सम्बन्धि समस्याले पिरोल्ने छ ।

कन्या
अध्ययन अध्यापनमा तिब्रता आउने छ । चतुरतामा बृद्धि हुने छ । पेशागत जीवन भने स्थिर रहने छन् । आम्दानीमा बृद्धि होला होला जस्तो भएर पनि रकम भने हात लाग्ने छैन् । दाम्पत्य जीवनमा द्वन्द देखा पर्नुका साथै साझेदारीमा गरिएका कामहरुमा पनि बादबिबादले स्थान पाउने छन् ।

तुला
पेशागत जीवनमा पनि अस्थिरता पैदा हुने भएकाले सतर्क रहनु होला । पारीवारिक जीवनमा कटुता देखा पर्ने छ । भाग्यको साथ रहेका कारण देखा परेका कतिपय समस्याहरु पार लगाउन उर्जा प्राप्त हुने छ । आम्दानीमा गिरावट आउने छ, यसले पारीवारिक जीवनमा आर्थिक व्यवस्थापनको दबाब उत्पन्न गराउने छ ।

वृश्चिक
अध्ययन अध्यापनमा तिब्रता आउने छ । पैतृक धन सम्पत्तिका कारण भरोसा सृजना हुने छ । पेशागत जीवनमा सहारात्मकता देखा पर्ने छ । मनमा भने नकारात्मक विचारका लहरहरुले एकपछि अर्काे गरि तिब्रता पाउने छन् । मन उदासिन रहने छ । टाउको दुख्ने तथा भारी हुने, पिनास आदी जस्ता समस्याले गाँज्ने छ ।

धनु
साझेदारीमा गरिएका कामहरुमा धेरै प्रगति हुन नसके पनि नराम्रो पनि हुने छैन् । शारीरिक दुर्वलताले सताउने भएकाले सतर्क रहनु होला । व्यवस्थापकीय क्षमतामा ह्रास आउने भएकाले यसमा कार्यालयका स्टाफहरुसँग अविश्वास पैदा गरिदिने छ । मनोबलको कमि हुने भएकाले केही गर्न सक्छु भन्ने धारणा मनमा आउन कठिन पर्ने छ ।

मकर
व्यक्तित्वमा दृढता आउने छ । तर रिसको मात्रा पनि उत्तिकै बढ्न जाने भएकाले यसलाई नियन्त्रण गर्न गम्भीर ध्यान दिनु हुनुहोला । दाम्पत्य जीवनमा कटुता हुने छ । आम्दानी तथा कमाईका विषयमा पनि द्वन्दको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा समस्या चर्किने छ । भाग्यको साथ रहेकाले परिस्थिति सीमा भन्दा बाहिर भने जाने छैन् ।

कुम्भ
फराकिलो सोच बन्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा भने समस्या देखा पर्ने छ । तर आम्दानी तथा कमाईमा भने केही बृद्धि हुने छ । जीवनसाथिको साथ तथा सल्लाहमा काम गरेमा शुभ हुने छ । अस्पतालको खर्च तथा अन्य खर्चहरु बढ्न पुग्ने छन् । मनमा दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ ।

मीन
प्रेम सफल हुने छैन् । शारीरिक दुर्वलता देखा पर्ने छ । उपभोग गर्दै आएका सुख, सुविधा त्याग गर्नु पर्ने अवस्था आउने छ । पेशागत जीवनमा समस्या देखा पर्ने छ । आम्दानीमा भने हल्का बृद्धि हुने छ । अध्ययनमा ह्रास आउन जाने छ । चतुर्‍याईमा कमि आउँदा यस अघि आफैले सम्पन्न गरेका कार्यहरु जस्तै काममा पनि मनोबल कम हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया