आइतबार, जेठ ६, २०८१

मेलानको स्थापना दिवसमा दीप प्रज्वलन

मेरोन्यूज २०७८ जेठ २७ गते १६:३५

काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफनो स्थापनाको १६ औं वर्षगाँठ मनाएको छ । कोभिडमा अंग्रपंक्तिमा रहेर काम गर्दा गदै जीवन गुमाएका स्वास्थ्यकर्मी लगायतका विश्व भरिका मानव जातीको आत्माको चिर शान्तीको कामना गर्दे मेलानले यसपटक १ मिनेटको मौन धारण सहित दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

Advertisement

उनका अनुसार, स्थापना दिवसको अवसरमा सात वटै प्रदेशको मुख्य शहरहरूमा मेलानकर्मीहरुले दीप प्रज्वलन गरेका थिए ।

बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिराहा, विरगञ्ज, भरतपुर, हेटौडा, धुलिखेल, काठमाडौ, बुटवल, रुकुम, बाँके, सर्खेत, धनगढी लगायतका शहरहरूमा दीप प्रज्वलन गरिएको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया